Rule 28
प्रस्ताव स्वीकृत गरी सम्झौता गर्ने र अनुमतिपत्र दिने
(१) नियम २६ बमोजिम प्रस्तावको मूल्याङ्कन तथा नियम २७ बमोजिम सम्बन्धित प्रस्तावकसँग गरेको वार्ताको आधारमा विभागले
प्रस्ताव स्वीकृत गर्न उचित देखेमा प्रस्ताव स्वीकृत गरी प्रस्तावकसँग खास खनिज पदार्थको खनिज कार्य गर्न दिने सम्बन्धमा सम्झौता गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम खनिज सम्झौता गरेपछि विभागले सम्झौता गर्ने पक्षलाई अनुसूची–११ बमोजिमको ढा“चामा खास खनिज पदार्थको खनिज कार्य गर्ने अनुमतिपत्र दिन सक्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम सम्झौता गरी खनिज कार्य गर्ने अनुमतिपत्र दिँदाविभागले सम्झौता गर्ने पक्षसँग आवश्यकता अनुसार अनुमतिपत्रको नवीकरण, खनिज क्षेत्रको आकार र क्षेत्रफल, खोजतलास तथा उत्खनन् अवधि, खनिज कार्यको सञ्चालन जस्ता विशेष शर्त राख्न वा निजलाई विशेष सुविधा दिने गरी सम्झौता गर्न सक्नेछ ।
(४) उपनियम (१) र (२) बमोजिम सम्झौता गरी खनिज कार्य गर्ने अनुमतिपत्र दिँदा विभागले सम्झौता गर्ने पक्षसँग यस नियमावली बमोजिमको रोयल्टी, स्थानीय विकास शुल्क लगायत अन्य दस्तुर वा रकम लिने गरी सम्झौता गर्न सक्नेछ ।